१७ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पूर्वसुरक्षा सल्लाहकार माइकल फ्लिनले रुसी अधिकारीहरुसँग भेटेर कुनै पनि समस्या नभएको स्पष्ट पार्नुभएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनपछि फ्लिनले जे गरे त्यो कानूनतः वैध भएको ट्रम्पको भनाइ छ । यस विषयमा कुनै कुरा नलुकाइएको भन्दै ट्रम्पले चुनावमा रुसी हस्तक्षेपकाबारेमा अनुसन्धान गरिरहेको टोलीसँग फ्लिनले जे बयान दिए, त्यो सही भएको पनि बताउनुभयो । फ्लिनले तात्कालीन रुसी राजदूत सर्गई किसलयाकसँग भेट गरेकोबारे उपराष्ट्रपति र एफबीआईसँग झूठ बोलेका कारण आफूले पदबाट हटाएको भन्दै ट्रम्पले अहिले उनले उक्त कुरा स्वीकारेको पनि उल्लेख गर्नुभएको छ । सत्ता परिवर्तनका क्रममा फ्लिनले जे गरे त्यो वैध भए पनि शर्मनाक भने रहेको र लुकाउनुपर्ने केही नभएको पनि ट्रम्पले आफ्नो ट्वीटमा उल्लेख गर्नुभएको छ ।

English
MTV NEPAL MTVNEPAL


