साउदीद्वारा यमनसँगको सिमाना बन्द !

साउदी अरेबिया नेतृत्वको सैनिक गठबन्धनले छिमेकी यमनको स्थल, सामुद्रिक तथा हवाई सीमा नाका बन्द गरिदिएको बताएको छ।

शनिबार साउदी राजधानी रियादलाई निशाना बनाई हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि पछिल्लो निर्णय भएको बताइन्छ । साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोहीविरुद्धको लडाईंमा यमनको सरकारलाई समर्थन दिंदै आएको छ।

शनिबार रियादलाई निशानामा पारि हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि तनाव चर्किएको छ । साउदी अरेबियाले ती अस्त्र हुथीहरुलाई इरानले दिएको दोष लगाएको छ । तेहरानले भने ती आरोप भड्काउपूर्ण र अन्यायपूर्ण भनेको छ।

मानवीय संकट

साउदी अरेबियाले हालका निम्ति विद्रोहीहरुले थप अस्त्र तस्करी गर्न नपाउन् भनेर यमनका सीमा बन्द गरिदिएको बताएको छ । तर उसले मानवीय सहायताका कार्यमा भने अवरोध नगर्ने बताएको छ । भोकमरीको डिलमा पुगेको यमनमा त्यस्ता मानवीय सहायता अत्यन्त आवश्यक छ । अढाई वर्षदेखि त्यहाँ भइरहेको लडाईंका कारण यमन ध्वस्त भएको छ । त्यहाँका एक करोड असी लाख मानिसलाई कुनै न कुनै प्रकारको मानवीय सहायताको आवश्यकता रहेको बताइएको छ। BBC

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com