पर्यटन बोर्डको घोटाला प्रकरणः दोषीलाई ७ वर्ष जेल सजाय

विशेष अदालतले नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा सुवास निरौलासहित तीन जनालाई दोषी ठहर गरेको छ । २० जनाले भने सफाइ पाएका छन् । विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार जरिवाना पनि तोकेको छ । अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाएको छ भने महेन्द्र खनाल पनि दोषी ठहर गरेका छन् । भ्रष्टाचारको अभियोगमा मुद्दा खेपेका नेपाल पर्यटन बोर्डका तत्कालीन निमित्त प्रमुख सुभाष निरौला तीन करोड धरौटी वुझाएर छुटेका थिए ।
बोर्डमा रहँदा १ अर्व भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले दायर गरेको मुद्दामा थुनछेक आदेश गर्दै विशेष अदालतले धरौटी माग गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७१ चैत २० गते मुद्दा दायर गरेको थियो । अख्तियारले तत्कालीन २ बहालवाला सचिवसहित बोर्ड र त्यससँग सम्बन्धित २३ जना कर्मचारीले भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको थियो । आरोपत्रपमा निरौलाले मात्र ३३ करोड ७२ लाख रुपैयाँ भ्रष्टाचार गरेकोले सोही बराबर विगो र जरिवाना असुल उपर हुनु पर्ने दावी गरेको थियो । अख्तियारले २३ जनाबाट १ अर्ब ५१ करोड ८४ लाख ४४ हजार ८ सय २७ रुपैयाँ बराबरको बिगो रकम माग दाबी गरेको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com