दैलेखमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

 दैलेखमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दैलेख सदरमुकामबाट महाबु गाउँपालिका जाँदै गरेको लु१ज ३५३२ नम्बरको जिप ओखलढुंगा भन्ने ठाउँमा दुर्घटना दुर्घटनामा हुँदा  ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ३५ वर्षीय सरल कुमार शाही, महाबु–४ गैंडाबाजकी २२ वर्षीय निर्मला पाण्डे, कालिकोटकी २९ वर्षीया निर्मला कुमारी शाही र सुर्खेतका तिलक ढकाल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।  दुर्घटनामा परि अन्य  ३ जना घाइते भएका छन् । घाइतेको उपचारको लागि जिल्ला अस्पताल लगिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com