श्रावण ७ ः स्वास्थ्य मन्त्रालय तथा यस भित्रका विभागमा हुदै गरेको भ्रष्टाचारले अझै पनि निरंतरता पाएकै छ ।
महालेखा परीक्षकका् प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय अन्र्तगतका कार्यालयका उपकरण खरिदमा भएको भ्रष्टाचारले व्यापक चर्चा पाएको सर्वविदित नै छ । अब यस्तो भ्रष्टाचार नियन्त्रण हुन शुरु हुन्छ भनि सबैको बुझाई थियो ा तर परिणाम झन् उल्टो देखिएछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.पुष्पा चौधरीको अगुवाइमा पुन ः करोडोको घोटाला गरिएको छ । विगत केहि समय यता मेडिकल माफियाका छवि बनाएका हस्पिटेक इन्टरप्राइजेजका संचालक विशाल पंडित नामक मेडिकल व्यवसायीको समूह सँग सेटिङ्ग मिलाएर सचिवले ४० लाख पर्ने उपकरण २ करोडमा खरिद गर्न लागेका छन् । श्रोतले बताए अनुसार स्वास्थ्य सेवा विभागले गत जेठ १ मा टेण्डर गरी १२८ स्लाइसको सीटीस्क्यान मेसिन १ थान, अल्टा«साउण्ड मेसिन २ थान, इन्टिग्रेटेड वेष्ट म्यानेजेमेन्ट अटोक्लेभ २ थान खरिद गर्न लागेको छ । यी उपकरण खरिदमा स्वास्थ्य सचिव डा. चौधरीले हस्तक्षेप गरी पण्डित लगायत बायोमेड इन्टरनेशनलका चेतन अग्रवाल र ग्लोवल र मेडिट्रोनका धिरज थपलियालाई समेत बोलाएर सेटिङ्ग गरिसकेकी छन् । स्मरण रहोस् यस अघिको टेण्डर विशाल पंडितलाई दिदा धेरै मिडियाबाजी भएकोले यसपाली भागबन्डा गर्न लागेकी हुन् । डा. चौधरीको विशेष पहलमा टेण्डरको स्पेक नै तीनवटा कम्पनीलाई मात्र मिल्ने खाले बनाइएको छ । सचिव चौधरी ,उनका पिए सोभित रिजाल र सुरेन्द्र चौरसियाको डिजाइनमा हस्पिटेक बायोमेड र ग्लोबललाई मिल्ने गरि स्पेक बनाइएको श्रोतको दाबी छ । सचिव चौधरीको डिजाइनमा ४० लाख पर्ने अस्पतालको फोहोर व्यवस्थापन गर्ने इन्टिग्रेटेड वेष्ट म्यानेजेमेन्ट अटोक्लेभ मेसिन २ करोडमा खरिद गर्न हस्पिटेक सँग मिल्ने गरी स्पेक बनाउन दिएको स्वास्थ्य सेवा विभाग श्रोतले बताएको छ । श्रोत अनुसार अटोक्लेभ मेसिन २ थानको ८० लाख पर्छ तर यो मेसिन ४ करोडमा खरिद गर्न लागिएको छ । यो सेटिङ्गमा स्वास्थ्य सचिव पुष्पा चौधरी,पुर्व डिजी गुणराज लोहनी, निर्देशक रमेश अधिकारी ,आपुर्ती शाखा प्रमुख सुरेन्द्र चौरसिया, बायोमेड इन्जिनियर पद्या मिश्रा जोडिएका छन् । यस उपकरणको खरिदमा व्यापारीलाई ३ करोड २० लाख नाफा दिइएको छ भने राज्यको ३ करोड २० लाख घोटाला गरिएको छ । यसै कारणले होला डा. पुष्पा चौधरीको स्वास्थ्यबाट सरुवा गरिए पनि सर्वोच्चबाट स्टे गराएका हुन भनि अडकल हुन लागेको छ । यस्तो घटनाले स्वास्थ्य मन्त्री उपेन्द्र यादवको ध्यान न तान्नु आश्चर्यजनक छ । १ थान अल्टा«साउण्ड मेसिनको बजार मुल्य १ करोड ५० लाख पर्छ तर यो मेसिन २ करोड ५० लाखमा बायोमेड इन्टरनेशनल सँग सम्झौता गरिएको छ ा जसको दुई थानमा सरकारलाई २ करोड नोक्सान हुन गइ रहेको छ । त्यस्तै २ करोड ५० लाख पर्ने सिटीस्क्यान ४ करोडमा खरिद गर्न स्पेक बनाउनुले स्वास्थ्य मन्त्रालय अन्तर्गतका उच्चधिकारीहरुको नियत प्रष्ट हुन्छ ।
यसरी सचिव लगायतका उच्चाधिकारीहरुको सेटिङ्ग मिलाएर राज्यलाई करोडौको चुना लगाउने सम्पुर्ण निकायलाई कारबाहीको घेरामा ल्याउन्ु मन्त्रीको दायित्व होइन ?की सरुवा बडुवामा हुने लेनदेनको साटो कमाउने ठाँउ दिएका हुन् ।

English
MTV NEPAL MTVNEPAL


