बाढी पिडितद्धारा राहत फिर्ता ।

श्रावण ६ ः नेपालमा अषाढ २५ गते देखि परेको अविरल वर्षाले निम्त्याएको बाढी पहिरोबाट हुन गएको मानविय तथा भौतिक क्षतिको प्रभाव न्युनिकरण गर्न खोज्दा संघ सरकार र प्रदेश सरकार बिच ‘त ठुलो कीे म ठुलो’ भनि दोहोरी एकातिर चल्दै छ भने अर्कोतिर प्रदेश सरकारको प्रतिनिधित्व गछौ भने धाक लगाउँदै आएका एकमात्र संघियतावादी भन्न रुचाउने प्रदेश नं २ सरकारको राहत वितरणको नाममा सडेको च्युरा,दालवुट,विस्किट जस्ता सामग्री वितरण सँगै घरबार विहिनलाई ठहरो बनाउने भनी दिन गएका सम्पूर्ण सामग्री र रकम बाढी पिडितले “हामीलाई राहत देऊ भिख न देऊ ”भनि नारा समेत लगाएर प्रदेश सरकारका राहत वितरण टोलीलाई फिर्ता पठाएका छन् । स्थानिय पिडितहरुले फिर्ता गरेका राहत सामग्री प्रदेश २ का मन्त्री तथा संसदको आफन्तहरुले घर भित्रयाएको गुनासो छ । पिडित जनताले पाउनुपर्ने राहत पार्टी कार्यकर्ता र पहुँचवालाले पाउने प्रदेश नं २ को निति नै हो भने प्रमाणित पनि भई सकेको छ ।

 

 

विगत केही दिन पहिले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई साइकल वितरणमा भएको अनियमियताबारे प्रश्न गर्दा मिडियाकर्मिलाई गरिएको अपमानजनक सम्बोधनले मुख्यमन्त्रीको छवि “मुखमा रामराम बगलमा छुरा ”बाट परिवर्तन गरेर कमिशन र कन्डिसनवाला मुख्यमन्त्रीको स्वरुप झल्किन लागेकै होइन ?प्रदेश नं २ का ७८ प्रतिशत जनता अहिले पनि कृषि मै अश्रित रहेका छन् । यस बाढीले कृषि बिऊलाई नष्ट गरेको सर्वविदित नै छ । अहिले तत्कालै बिऊ उपलब्ध गराइएन भने कृषि उत्पादन शुन्यमा पुग्न वेर लाग्ला र ?किसानको बिऊ व्यवस्थापनको मागलाई सुन्दै न सुनी ‘मेरो गोरु मै जोत्छु ’गरेर मन्त्रीहरु साइकल वितरण देखि अषाढे बजेट पचाउने कार्यक्रममा व्यस्त देखिन्छन् ।मुख्यमन्त्री स्वच्छता अभियान अन्र्तगत कामै न लाग्ने आँपको बुटा जुन बजारमा रु २० देखि रु २५ पर्छ बाडन लागेका छन् त्यसमा पनि ठुलै कमिशन लिएर रु ९२ को विल भुक्तानी गराउदै छन् । यहि असल संघियता हो र ?९० वटा विद्यार्थी रहेको विद्यालयमा ११४ वटा साइकल बाडनुले नेताको निमत प्रष्ट पारेको होइन र ?बाढीपिडितहरुको घाऊमा मरहम लगाउनुको साटो प्रहरी बोलाएर सबलाई ठीक पार्छु भनि पिडितलाई धमक्याउनु नै प्रदेश सरकारको अधिकार हो र ?सहिदको रगतबाट बनेको प्रदेशको बजेटबाट सहिदको सपना के एउटा भैसी पाउनु मात्रै थियो ?यदि त्यो भैसी पाउनु सहिद भए भने प्रदेश नं २को सबै मन्त्री पनि भैसी नै होइनन् र ?

THIS IS ADD AREA

प्रतिकृया दिनुहोस

इमेल गोप्य राखिनेछ Required fields are marked *

*

x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com