२२ माघ, पोखरा । यतिबेला सौराहा फुड फेस्टिवलको प्रचारका लागि रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाको टोली पोखरा पुगेको छ ।
१२ औं संस्करणको सौराहा फुड फेस्टिवल माघ २८ देखि फागुन ३ गतेसम्म हुनेछ ।
भ्यालेन्टाइन्स डे (प्रेम दिवस) को अवसर पारेर यो वर्ष पनि सौराहाको सिसवार खेलमैदानमा फुड फेस्टिवल गर्न लागेको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।
‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ भन्ने नारासहित गर्न लागिएको फेस्टिवल ५ दिन चल्नेछ । फेस्टिवलमा ५० वटा खाका स्टल रहने छ भने थप १० वटा प्रदर्शनी स्टल रहने आयोजकले जनाएको छ ।
फेस्टिवलको अवसरमा रेस्टुरेण्टमा १५ प्रतिशत, होटलमा १५ प्रतिशत र साना पर्यटन ब्यवसायसँग आवद्ध ब्यससायीको सामान खरिदमा १५ प्रतिशत छुट दिने रेवान सौराहाले जनाएको हो ।

English
MTV NEPAL MTVNEPAL


