६० किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ ।
सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिनुभयो ।
विवादित व्यक्तिलाई जिम्मेवारीमा राख्नु हुँदैन भनेर फिर्ता बोलाई मन्त्रालयको अतिरिक्त शाखामा हाजिर गराइएको उहाँले बताउनुभयो ।
अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् ।।

English
MTV NEPAL MTVNEPAL


