नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले एक क्विन्टल सुन काण्डका मुख्य तस्कर चिनियाँ नागरिसंग आफुले कुराकानी गरेको स्विकार गरेका छन् । विद्युतीय चुरोट (भेप) मा सुन तस्करी प्रकरणका आरोपित चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको उनले बताए ।
देशकै ठुलो पार्टीको उपाध्यक्ष तथा संघिय संसदकै हिस्सा बनिसकेका महरासंग चिनिँया तस्करले सजिलै कसरी फोन गर्न सके ?
दाङको घोराहीमा आज पत्रकार सम्मेलन गरी उनले आफूलाई भन्सारमा रोकिएको सो सामान सुन भएको थाहा नभएको प्रष्टीकरण दिएका छन् । त्यसो भए के उनि भन्सारका कर्मचारी हुन् र ? कि उनि व्यापारी हुन .. चिनियाँ व्यापारीसंग चिनजान भएको ?
महराले वाङसँग १०÷१२ वर्षदेखि चिनजान र आउजाउ रहेको भन्दै उनलाई फलफूल ब्यापारीका रुपमा चिनेको बताए । ‘उनी फलफूल ब्यापारी हुन् । म सँग टेलिफोन वार्ता भएको पनि होइन, मसँग भेटेर, उनले हाम्रो फलफूल ‘। उनको एकजना साथीले त्यो सुन ‘.। सुनको कुरै गरेनन्, सुनको स पनि उच्चारण गरेनन् । इलेक्ट्रिक चुरोट भेपको सामान आछ भन्सारमा छुटाउन मद्दत गर्नुप¥यो’, महराले भने ।
यसअघि महरा र महरा पुत्र राहुलसँग भेपमा लुकाएर सुन तस्करी प्रकरणमा आरोपित चिनियाँ व्यापारी लुई र डोओजिङ वाङसँग पटक पटक संवाद भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नै प्रतिवेदन दिएको थियो ।
तर तस्करसंगको फोनवार्ताको प्रमाण नै बाहिरिसक्दा पनि सरकारले यसमा ध्यान दिएको छैन । त्यसैमाथि स्वय्म महराले नै आफुले तस्करसंग कुरा गरेको स्विकार गरेका छन र पनि प्रहरीले पक्रेको छैन ।
केहि दिन अगाडि एक सक्कली डाक्टरलाई नै बिना कारण पक्राउ गरेको सिआईबीले प्रमाण छताछुल्ल हुँदा पनि के हेरिरहेको छ ? के नेपालको कानुन गरिबदुखिलाई पक्राउ गर्न मात्रै हो ?

English
MTV NEPAL MTVNEPAL


