राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको भनिएको एक क्विन्टल सुन आज राष्ट्र बैंकले गालेको छ । गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकका एक अधिकृतले जानकारी दिए ।
साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो । राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो ।
टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो । त्यसपछि बाल्दा परिमाण फेरि केही ग्राम घटेर वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो ।
सोमबारदेखि राष्ट्र बैंकले सुन ब्रेक प्याडबाट अलग गर्ने र गाल्ने प्रक्रिया सुरु गरेको थियो । सुनको परिमाण यसरी घटिरहेको अवस्थामा विभिन्न शंका उपशंका उत्पन्न हुन थालेको छ । वास्तवमै सुन त्यति रहेको होकी मिलेमतोमा परिमाण घटेको हो भन्ने प्रश्न चिन्ह् खडा भएको छ । यस्तै सुनको परिमाण फेरि घटेको भन्ने जानकारी आउन पनि बेर लाउँदैन भनेर आम जनमानसले आँकलन पनि गर्न थालेका छन् ।।

English
MTV NEPAL MTVNEPAL


