साउन ३२ गते सन्दीपको अग्नि परिक्षा,, एसिया कप खेल्न जान्छन् की जेलमा लाग्नेछ टुंगो

नेपालले सोमबार मात्रै तीन सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप खेल्न १७ सदस्य अन्तिम टोली घोषणा ग¥यो ।

रोहितको कप्तानीमा नेपालको अन्तिम टोली घोषणा गरिदा चर्चित क्रिकेटर सन्दीप लामिछानेको नाम पनि समावेश पनि छ । नहोस् पनि कसरी नेपाली क्रिकेट जगतमा सानो उमेरमै अन्तराष्ट्रिय जगतमै ईतिहास् रच्न सफल क्रिकेटमा चिनिन्छन् सन्दिप ….एसिसी एकदिवसीय एसिया कप खेल्नका लागी उनि लगायत छनोट भएका सम्पुर्ण खेलाडिका उत्तिकै उत्सुकता छ किनकी यो खेलमा अन्र्तराष्ट्रिय जगतमै क्रिकेटमा चर्चित भारतीय टोलीसंग पनि नेपाली टोलीले खेल्ने छ । त्यसैले पनि यस पटकको खेल नेपाली दर्शकका लागी पनि बहुप्रतिक्षित खेल हो । तर टोलीमा नाम समेटिए पनि यसपटकको खेलमा सन्दिपको खेल हेर्न पाईने हो की हाईन भनेर चिन्ताको विषय बनेको छ । किनकी यहि साउन ३२ गते नै सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको उक्त पेसीमा कुनै फेरबदल नआए सोही दिन लामिछानेको मुद्दाको किनारा लाग्नेछ ।

तर काठमाडौँ जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुन अगाडि नै नेपाल क्रिकेट सङ्घले एसिया कप खेल्ने १७ सदस्यीय टोलीमा सन्दीपको नामसमेत समावेश गरिसकेको छ ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २४ पटक पेसीमा चढिसकेको छ ।

सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गराएका थिए भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् । जन्म दर्ता रहेको आधिकारिक निकायबाट आएको जन्म दर्तामा भने पीडित भनिएकी किशोरीको उमेर वारदातको समयमा १८ वर्ष तीन महिना रहेको दाबी गरिएको छ ।

सर्वोच्च अदालतको आदेशमा उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश भएपछि काठमाडौँ जिल्ला अदालतले आगामी साउन ३२ गतेलाई अन्तिम सुनुवाइको मिति भनेको छ । उक्त सुनुवाइपछि सन्दीपले अभियोग दाबीबाट सफाइ पाएमा मात्र एसिया कप खेल्न जान पाउनेछन् । यदि दोषी ठहर भएमा जेल जानुपर्नेछ । जसले नेपाली क्रिकेट जगतलाई ठुलो क्षति हुने छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com