सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित !

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको धम्कीपछि सलमान खानले नेपाल आउने कार्यक्रम स्थगित गरेका हुन् । खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । शोमा अभिनेत्री सानोक्षी सिन्हा लगायत पनि उपस्थित हुने भनिएको थियो । विप्लवको चेतावनीपछि भारतीय मिडियाले सलमानलाई नेपाल नजान सुझाब दिएका थिए । र अन्ततः सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो ।

विप्लव माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले एक विज्ञप्ती जारी गर्दैै सलमानलाई नेपाल नआउन भनेका थिए । उसको विज्ञप्तीपछि भारतीय मिडियाले समेत निकै चर्चाका साथ समाचार सम्प्रेशण गरेका थिए । तर आयोजकले भने कार्यक्रम स्थगित नभएको दाबी गरेको छ । ओडीसी इन्टरनेसनका प्रमुख सिमान्त गुरुङले भने कार्यक्रम कुनै पनि हालतमा स्थगित नहुने दाबी गरेका हुन् । उनले भने, ‘कार्यक्रम कुनै पनि हालतमा स्थगित हुदैंन्, त्यस्तो परिस्थिति आयो भने केही हप्ता पर सर्न सक्छ ।’ यस विषयमा सलमानले मिडियामा कुनै प्रतिक्रिया दिएका छैनन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com