१९ मंसिर । अमेरिकाको सर्वोच्च अदालतले मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय सदर गरेको छ । सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको निर्णय सदर गर्दै तत्काल पूर्ण रुपले कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ ।ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै मुस्लिम बाहुल्य देशबाट अमेरिकाको सुरक्षामा खतरा रहेको भन्दै चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको थियो । तर राष्ट्रपतिको निर्णयको विरुद्धमा विभिन्न संघीय अदालतले फैसला गरेपछि कार्यान्वयनमा आउन सकेको थिएन । यस मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपतिको पक्षमा फैसला गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

English
MTV NEPAL MTVNEPAL


