सबैलाई थाहा भएकै कुरा हो पछिल्लो समय अन्य जागिरभन्दा मानिसहरुलाई बैंकको जागिर ठुलो लाग्न थालेको छ । किनकी अन्य क्षेत्रमा भन्दा बैंकिङ क्षेत्रका कर्मचारीले राम्रै सेवा सुविधा पाउँने गर्छन् । त्यसैले पनि पछिल्लो समयमा युवाहरुलाई बैंकर बन्ने रहर जागेको देखिन्छ । उच्च शिक्षाका लागि बाहिर जाने सोच बनाएकाहरु त् बाहिर जाने नै भईहाले तर स्वदेशमै भविष्य देख्नेहरुको रुचि भने बैंक तथा वित्तिय क्षेत्र बनेका छन् । बैंक तथा वित्तिय क्षेत्रमा केहिगरि घुस्न पाए मात्रै पनि लाईफ सेट हुन्थ्यो भन्ने मानसिकता बढ्न थालेको देखिएको छ ।
नहोस् पनि कसरी मरिमेटि पढेर लोकसेवामा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेकाहरुकोभन्दा कयौं राम्रा सेवासुविधा बैंकरले जो पाउँछन् । सरकारी जागिर भएपछि बुढेसकालमा पेन्सन पाईन्छ भन्ने गरिन्थ्यो तर अहिले बैंकरहरुले बैंकिङ करिअर शुरु गरेको केहि वर्षभित्रैमा पनि आफु मात्र होईन आफ्ना साखासन्तानलाई पुग्ने रकम कमाउँछन् ।
केहि दिन अघिलाई नियालौं …
एनआईसी एशिया बैंकले एकाएक संचालकहरुको पारिश्रमिक,भत्ता र सुविधा ह्वात्तै बढाएको सुचना निकाल्यो । एनआईसी एशिया कुनै सरकारी नभई प्राईभेट बैंक हो । अंगिकृत व्यवापारिक घरानाद्धरा सञ्चालित सो बैंकले सार्वजनिक गरेको सुचना अनुसार संचालक अध्यक्षको प्रति बैठक भत्ता २२ हजारबाट बढेर ३० हजार पुगेको छ ।
याद रहोस्…. यो कुनै कर्मचारीको मासिक तलब होईन एउटा बैंकरको मासिक भत्ता मात्र हो । जबकी लोक सेवा पास गरेका नासु स्तरका सरकारी कर्मचारीको तलब ३५ हजार पनि छैन ।
बैंकले सदस्यहरुको प्रति बैठक भत्ता १८ हजारबाट बढाएर २४ हजार पुर्याएको छ । बैठक भत्ता मात्रै कहाँ होर बैंकले कर्मचारीको भ्रमण भत्ता पनि बढाएको छ । बैंकका कर्मचारी काठमाडौंदेखि पोखरा गए मात्रै पनि अब दैनिक १५ हजारका दरले भत्ता पाउने छन् । ५ दिनका लागि मात्रै जाँदा पनि हिसाब गर्ने हो भने ती बैंकरले ७५ हजार भत्ता मात्रै पाउँछन् । अन्य सुविधाको त कुरै छोडौं । जबकी सरकारी सचिव स्तरका कर्मचारीको पनि मासिक तलब त्यत्ति छैन । अहिले सरकारी सचिवले मासिक ७२ हजार मात्रै तलब पाउँछन् । यो पनि बृद्धिभएको तलब स्केल हो ।
यस्तै बैंकले बैंकका कर्मचारीको विदेश भ्रमण भत्ता पनि आकर्षक रुपमा बढाएको छ । एशियाली देश त छंदैछन् त्यो भन्दा अन्य देशहरुको भ्रमणमा जाँदा ती बैंकरहरुले दैनिक भत्ता युएसडि ४५० पाउनेछन् अर्थात नेपाली करिब ६० हजार रुपैंया … १० दिनका लागी मात्रै गयो भने पनि ६ लाख त भत्ता मात्रै….त्यस्तै सञ्चार, सवारीसाधन,औषधि उपचार खर्चको सुविधाको त कुरै नगरांै ।
यता देशकै ठुलो बैंक (अभिभावकिय बैंक ) नेपाल राष्ट्र बैंकले पनि कर्मचारीको भत्ता बढाएको सुचना निकालेको छ । दशैं तिहारको समयमा कर्मचारीको तलब बढाउँदा आलोचित बन्ने मुल्यांकन गरेर होला बैंकले भत्ता भनेर नाम दिएको छ । अब बैंकका कर्मचारीले १८.६ प्रतिशतले बढेको भत्ता पाउँदा त्यहि रेटकै भ्रमण भत्ता पनि पाउँने भएका छन् । त्यस्तै आन्तरिक तथा बाह्य भ्रमणमा जाँदा पनि आकर्षक भत्ता पाउने भएका छन् ।
त्यसैले पनि..एक हिसाबले सोच्ने हो भन्ने बैंकको जागरि भनेको सबैभन्दा सुविधासम्पन्न जागिर हो भन्दा फरक पर्दैन । एक त यस्ता अनेक सुविधा पाउँछन् बैंकरले त्यतिले पनि नपुगे कर्मचारीले बैंकको बेसरेट भन्दा निकै कममा ब्याजदरमा कर्जा सुविधा पाएकै हुन्छन् । घर कर्जा सवारी कर्जा के के हो के के … यहाँ देश हाक्नेहरुको तलब ८० हजार – १ लाख सम्म मात्र हुँदा बैंकका सिइओको मासिक तलब नै ४०÷५० लाख हुन्छ ।
जनताहरुको करबाट पालिएका सरकारी कर्मचारीले राम्रो सुविधा पाउन नसक्दा सरकारलाई नै कर तिर्ने ति बैंकका कर्मचारीले यति धेरै सुविधा कसरी पाउन सम्भव छ ? यो अत्यन्तै सोचनिय विषय हो ।
हामीलाई थाहा भएकै कुरा हो बैंक तथा वित्तिय संस्था भनेका नाफामुलक निकाय हुन् । यसैपनि नेपालमा क्रियाशिल बैंकहरुमा अधिकांश प्राईभेट बैंक हुन् जो कुनै व्यक्ति विशेषले व्यवसायका रुपमा सञ्चालन गरिरहेका छन् । हामी सबैलाई थाहा भएको कुरा हो कुनै पनि व्यवसाय नाफाबिना चल्न सक्दैन । र प्राईभेट कम्पनि सञ्चालन गर्दा त झन् सम्बन्धित देशको नियमदायरामा रहेर सञ्चालन गर्नुपर्ने हुन्छ् । विभिन्न मापदण्ड पुरा गर्नुपर्ने हुन्छ ।
विभिन्न मापदण्डमा रहेर सरकारलाई करसमेत बुझाएर सञ्चालित ती बैंकहरुले सरकारी कर्मचारीकैभन्दा कयौं गुणा बढी सेवा सुविधा आफ्ना कर्मचारीलाई दिएका छन् कसरी ?
के नेपालका बैंकहरु त्यतिधेरै नाफामा छन् त ?
नेपालको सिंगो अर्थतन्त्रभन्दा बढी रकम बैंकहरुमा छ त ?
आखिर यत्रो रकम बैंकमा आयो त कहाँबाट ?
यस्ता थुप्रै प्रश्नहरुछन् जसको उत्तर हामीले पाएका छैंनौ या ता उत्तर खोज्न चाहेका छैंनौं ।
अब हामीले यसरी बुझ्न सक्छौं बैंकहरुको राज ..
कुनैपनि देशमा सरकारद्धारा भन्दा व्यक्तिगत लगानीद्धारा सञ्चालित बैंकहरु नै हाबी छन् । त्यसमा पनि नेपाल जस्तो अल्पविकसित देशहरुमा नियाल्ने हो भने पनि तथ्यांगत रुपमा राज्यभन्दा कुनैव्यक्ति विशेषले संचालन गरेका बैंकहरु नै हाबी छन् ।
यहाँ उल्लेखि डेटालाई नै नियालौं न ।
वेस्टर्न युनिअन – चौधरी ग्रुप
ग्लोबल आईएमई बैंक – एम एस् ग्रुप
एनएमबी बैंक – गोल्यान ग्रुप
युनियन लाईफ ईन्सुरेन्स् – शंकर ग्रुपका
माछापुच्छ्रे बैंक– उपेन्द्र महतो
लक्ष्मि बैंक , हिमालयन बैंक – खेतान ग्रुप
प्राईम बैंक , कुमारी बैंक – के एल दुगड ग्रुप
एनआईसी एसिया बैंक – त्रिवेणी ग्रुप
यसैबाट पनि प्रष्ट हुन्छ नेपालमा रहेका अधिकांश वाण्ज्यि बैंकहरु व्यक्तिविशेषद्धारा सञ्चालित छन् । त्यसैमाथि बिडम्बना अर्को के छ भने ती बैक सञ्चालक कुनै नेपाली होईनन् । अंगिकृत व्यापारिक घराना तथा वर्माबाट लखेटिएका माडे खान्दान हुन् । जसले अहिले नेपालको वित्तिय प्रणालीलाई नै हल्लाई रहेका छन् ।
बैंक जनतासंग प्रत्यक्ष सरोकार राख्ने वित्तिय निकाय हुन् । भविष्यमा भईपरि आउने समस्याबाट मुक्त हुनका लागि भनेर हामीले दुख सुख गर्दै भएपनि बचाएर बैंकमा रकम जम्मा गर्छौ । अहिले नेपालको अवस्था हेर्ने भने प्रत्येक घरबाट १÷२ जना सदस्य विदेश गएकै हुन्छ । यसरी वैदेशिक रोजगारमा जाने जमातहरुको संख्या बढेपछि स्वतः हाम्रो बैंकिङ कारोबार बढेकै छ । यसहिसाबले पनि बैंकमा बचत थुप्रिएकै छ । त्यसमाथि पनि बैंकहरुले हामीलाई आवश्यक पर्दा ऋण लिन पुग्यौं भने पनि सहजै दिदैंनन् । दिएपनि कुल सम्पति मुल्यांकनको ४० प्रतिशत मात्रै ऋण सर्वसाधारणले पाउँछन् । त्यो पनि उच्च ब्याजदरमा । यसबाट पनि बैंकमा पैसा थुप्रिएकै छ । विदेशबाट नेपालीले वर्षैपिच्छे पठाएकोे रेमिट्यान्स् त्यस्तै सेभिङ, फिक्स डिपोजिट अथवा आईपिओको नामले नै होस् बैंकमा जनताहरुको पैसा थुप्रेकै हुन्छ ।
अनि थुप्रिएको जनताको रकममा मनपरि गर्नलाई उनिहरुले अर्कै सेटिङ चलाएका हुन्छन् । सेटिङ सेट गर्ने बैंककै कर्मचारी .. त्यसैले उनिहरुले आफ्नै निकट व्यक्तिलाई मात्रै बैंकको उच्च पदमा नियुक्ति गर्छन् । अनि सबै आफ्नै भएपछि मनपरि तरिकाले विभिन्न कम्पनिहरु खोेल्यो , आफ्नै कम्पनिको नाममा ऋण दियो व्यापार विस्तार ग¥यो । कम्पनि नाफामा गयो भने झन् मालामाल भइैहाल्यो यदि घाटामा अथवा टाट पल्टेमा पनि नो टेन्सन् … सर्वसाधारणको ऋणको ब्याजदर मनपरी बढायो अनि आफ्नो घाटाको भरपाई ग¥यो ।
अनि यस्ता कर्तुतलाई नै लुकाउन भागबण्डा पनि त गर्नै प¥यो । त्यसैले आकर्षक तलब,भत्ता अनेक सुविधा दिईन्छ बैंकरहरुलाई …..त्यो पनि आफु निकटलाई मात्रै । ग्राहकहरुलाई ऋण नै तिर्न नसक्ने अवस्था बनाईदिने देखि उनिहरुको सम्पति कब्जा गर्ने वातावरण मिलाउनसमेत महत्वपुर्ण भुमिका कर्मचारी कै हुन्छ । अनि यति सुविधा त दिनै प¥यो । अनि त सर्वसाधारणबाट अर्बौ लुटेर कर्मचारीलाई लाखांैमा सुविधा दिन के सकस भयो र बैंकहरुलाई ….

English
MTV NEPAL MTVNEPAL



good