विधुत प्राधिकरणको चरम लापरवाही ।

काठमाडौँ – नेपालमा लोडसेडिङको चिन्ता हटेको छ । तर विधुत प्राधिकरणको चरम लापरवाहीको बारेमा हिजो आज घर घरका विजुली मिटरमा खराबी भएको जानकारीमा आएको छ । हालै नै एक निजी घरमा एक महिनाको विजुलीको खपत रु ३०००० सम्मको मिटरले देखाएको छ । सधै झै रु १००० या कम सम्मको बिल आउने मेसिनमा अचानक रु ३०००० हजारको बिल आउँदा घरका मान्छे र मिटर रिडिङ्ग गर्ने मान्छे पनि  आश्र्चायमा परेका छन् । यो मिटरकै खराबी हो भनि रहेका घरका मुलीले नयाँ मिटरको माग तथा बिल घटाउन निवेदन गरे पनि विधुत प्राधिकरणका कर्मचारीहरुले भनी बराम्बार मिटर सही रहेको र घर मै विजुली वाइरिङमा समस्या भएको भनि रहदाँ घर मुलीले पटक पटक आफनो घरको विजुलीहरु आवत जावत प्रक्रियालाई जाँच गराउँदा पनि मिटर तिव्र गतिमा चल्न छोडेको छैन । घर मुलीलाई यताबाट उता शाखा भन्दा भन्दै अन्तिममा मिटर तिव्र गतिले चलेको विधुत प्राधिकरणको चेक जाँच शाखाले दिए पनि आफनो गल्तीलाई लुकाउन खोजेका विधुत प्राधिकरणका अर्को शाखाका कर्मचारीले अन्तिममा गएर मिटर जलेको बताई पनि जब कि मिटर अहिले पनि तिव्र गतिमा चलिरहेका छन् । घरमा एक महिनामा बिजुली रकम रु ३०००० तिर्न नसक्ने बताएका घर मुलीले प्राधिकरणले यो रकम तिर्ने पर्ने भनेर बताए पछि ब्याजको डरले रु ३०००० उनले तिर्नै परेको छन् । यति गर्दा अब पुन नयाँ मिटरलाई पनि रु २५०० तिर्न  पर्ने प्राधिकरणले भनेपछि पिडित घर मुलीले आपत्ति जनाएका छन् । मिटर बिग्रिएर तिव्र गतिले चल्दा पनि पैसा र नयाँ मिटर जडान गर्दा गा्रहकले नै तिर्नु कहाँको नियम हो । यो नियम सरकारको हो कि या विधुत प्राधिकरणको हो । यदि यस्ता नियम नै छन् भने आज सम्म किन गा्रहकलाई सूचना छैन । यदि यस्तै घटना कुनै गरिब घरमा मिटर बिग्रिएर रु एक लाखको रकम उठेको भए त गरिबहरु त मर्ने नै रहेछन् । यस्ता घटनालाई नजर अन्दाज नगर्नलाई अगाडि नै संचेत गर्ने खाले सूचना जनाउने पर्ने र आ–आफना घरको मिटर बेला बेलामा तिव्र गतिले चलेर बढी बिल आएको हो कि ? आम जनतालाई यसै समाचारबाट संचेत रहन पिडित पक्षले हामीलाई जानकारी गराएका छन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com