रौतहटमा दुई समूहबीच भएको झडपमा एकजनाको मृत्युु

२४ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकामा शनिबार साँझ दुई समूहबीच भएको झडपमा एकजनाको मृत्युु भएको छ । चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको झडपकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरको घाँटीमा गम्भीर चोट लागेको र उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाकाबारेमा थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए । यसैबीच, घटनापछि मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै गौर–चन्द्रपुर सडकखन्डको बालचनपुरमा चक्काजाम गरेका छन् । साँझदेखि भएको चक्काजामले गर्दा गौर–चन्द्रपुर सडकखन्डको यातायात ठप्प भएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com