२२ मंसिर । रुपन्देहीमा अझैसम्म पनि मतगणना शुरु हुन सकेको छैन । बिहीबार भएको सहमति अनुसार आज बिहान ८ बजेदेखि गणना सुरु हुनुपर्ने हो । तर, निर्वाचन क्षेत्र नं. ४ र ५ को सर्वदलीय बैठक बस्न नसक्दा मतगणनामा ढिलाइ भएको हो । निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को मतगणना गर्न सहमति जुटिसकेको छ । उम्मेदवारहरुले आफ्ना प्रतिनिधिको नामावली दिन ढिलाइ गरेका छन् । जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रको मतगणना भैरहवामा हुनेछ । क्षेत्र न १, २ र ३ को भैरहवा बहुमुखी क्याम्पस र क्षेत्र न ४ र ५ को शैक्षिक तालिम केन्द्रमा बसडिलवामा मतगणना हुने मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए ।

English
MTV NEPAL MTVNEPAL


