२२ मंसिर । प्रतिनिधिसभामा एक मात्र सिट रहेको डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा निर्वाचित भएका छन् । बुढाले ४ हजार ८५९ मत प्राप्त गरी चार गुणा मतान्तरले बिजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले १२१३ मत प्राप्त गरेका छन् । उनीहरुबीच ४ हजार मतको अन्तर देखिएको छ । प्रतिनिधिसभातर्फ पनि डोल्पामा एमालेकै धनवहादुर बुढा कांग्रेसका अंगद बुढाभन्दा तेब्बर मत सहित अगाडि छन् ।

English
MTV NEPAL MTVNEPAL


