अहिलेसम्मको मतपरिणाम अनुसार कुन दलको कहाँ अग्रता र जित छ ? हेर्नुहोस् ताजा अपडेट

२२ मंसिर । पहिलो चरणमा निर्वाचन भएका जिल्लाको मतपरिणाम क्रमशः बाहिरिदैँ छ । अहिलेसम्मको मतपरिणामलाई आधार मानेर विश्लेषण गर्दा पहिलो चरणको मतदान भएका ठाउँमा वाम गठबन्धनले सहजै दुई तिहाई ल्याउने आकलन गर्न सकिन्छ । ख पहिलो चरणमा निर्वाचन भएको ३२ जिल्लाका ३६ निर्वाचन क्षेत्रमध्ये नेकपा एमाले एक्लैले आधा जसोमा अग्रता लिएको छ । पहिलो चरणमा निर्वाचन भएको ३२ जिल्लाको ३९ सिटमध्ये ३ सिटको मतपरिणाम आइसकेको छ । जसमध्ये प्रतिनिधि सभामा एमाले उम्मेदवार मनाङ र मुस्ताङमा विजयी भएका छन्। बाँकी ३६ मध्ये १८ सिटमा एमाले एक्लै अगाडि छ । यसैगरी, माओवादी केन्द्र ११ सिटमा अगाडि छ । काँग्रेस ५ सिटमा अगाडि छ ।

एमालेले सिन्धुपाल्चोक २, मुगु, डोल्पा, दार्चुला, बझाङ, म्याग्दी, बाग्लुङ १, नुवाकोट–२, धादिङ–१, धादिङ –२, दोलखा, सोलुखुम्बु, ओखलढुङ्गा, ललितपुर २, ताप्लेजुङ, पाँचथर, खोटाङ, लमजुङमा एमाले एक्लै अगाडि छ । यस्तै जारी मतगणनामा ३६ मध्ये १२ सिटमा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । ३२ जिल्लाका ३७ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसमध्ये एमालेले मनाङ र मुस्ताङका तीन सिट जितेको छ भने माओवादी केन्द्रले रुकुम पूर्वमा जित हात पारेको छ । प्रदेशतर्फ का‌ग्रेसले मनाङमा एउटा सिट जितेको छ । मनाङमै स्वतन्त्र उम्मेदवार दीपक मनाङे विजयी भएका छन्। अहिलेसम्म माओवादीले रोल्पा, बाग्लुङ २, गोरखा १, भोजपुर, कालिकोट, जाजरकोट, रुकुम ९पश्चिम०, सिन्धुपाल्चोक १, रामेछाप, लमजुङ, बैतडी र जुम्लामा माओवादी केन्द्र एक्लै अगाडि छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com