हालै यूएई सरकारले लागु गरेको असल चालचलन सम्बन्धि प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नुपर्ने प्रावधानका कारण नेपाली युवाहरुले राजधानी पाएको सास्तिले सरकार वैदेशिक रोजगारीमा जाने कामदारका पिडा र वेदनासँग कुनै सरोकार नै नराखी आँखा चिम्लिएर बसेको भान हुदैँछ ।
एकातिर दुतावास अगाडि पट्यारलाग्दो लाईनमा बस्नु त छदै छ , अर्कोतिर आफ्नो नंबरको पालो नआउदै प्रमाणीकरण गर्ने समय सकिने पो हो कि भन्ने चिन्ता बढ्दो हुन्छ । यसको प्रमुख कारण त्रिपुरेश्वरस्थित कन्सुलर कार्यालयले दैनिक तिन हजार पाँच सय युवाहरुको प्रहरी रिपोर्ट प्रमाणीकरण गर्ने भएपनि दुतावासले दैनिक मात्र पाँच सय जनाको रिपोर्टमा मात्र प्रमाणीकरण गर्ने गरेको छ । यदि पाँच सय एक नंबरमा लाईा भएको व्यक्तिले ४ हजार ३ सय बुझाउन अर्को दिन पुनः लाईन बस्नुपर्ने बाध्यता छ ।
विधितै छ कि नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको महत्व उच्च छ । तर, त्यहि रेमिट्यान्ससँग आफ्नो परिश्रम साट्ने कामदारहरु सँग आफ्नै देशको सरकारको व्यवहार गैरजिम्मेवार र उदसिन रहेको छ ।
तग माघ २२ गतेदेखि यूएईले त्यहा रोजगारीका लागी जाने कामदारले अनिवार्य पुलिस रिपोर्ट पेश गर्नुपर्ने नियम ल्याएको थियो । वर्षमा सरदर ५० हजार नेपाली रोजगारीका लागी यूएई जाने गरेका छन् । यहि हिसाबमा प्रत्येकले पुलिस रिपोर्टबापत चार हजार तिन सय बुझाउदा नेपाली कामदारहरु माथि रु २१ करोड ५० लाख रकम व्ययभार थपिएको छ ।
यसैबिच वैदेशिक रोजगार व्यवसायि संघले पनि यूएई जाने कामदारबाट थप रकम आर्थिक भार पार्न खोजिएको भन्दै आपत्ति जनाएको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै तत्काल नेपाली श्रमिकहरुलाई आर्थिक भार पार्ने कुनैपनि कार्य नगर्न÷नगराउन सम्बन्धित मुलुकका दुतावासहरु समक्ष पहल गर्न समेत नेपाल सरकारलाई सचेत गराएको छ ।
सरकारले वैदेशिक रोजगारमा जाने अधिकांश कामदार समाजको विपन्न वर्गका हुन्छन् र उनिहरुलाई आर्थिक शोषणबाट बचाउनुपर्छ भन्ने आकर्षक नारामा करिब साढे दुई वर्षअघि खाडिका ६ मुलुक र मलेसियामा रोजगारीका लागी जाने कामदारका लागी फ्रि भीषा, फ्रि टिकटसहितको न्यून लागतको व्यवस्था गरेपनि दुतावासहरुको यस्तो क्रियाकलापले कामदारहरुलाई झन बोझ थपिएको छ ।

English
MTV NEPAL MTVNEPAL


