चितवनमा ट्रिपर दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । जिल्लाको राप्ती नगरपालिका –१ मा ट्रिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका हुन् । भित्री सडकमा ग्रावेल झारेर फर्कदै गरेको अवस्थामा सडकबाट ७० मिटर तल खसेको प्रहरीले बताएको छ । ना ७ ख २९८४ नम्वरको ट्रिपर दुर्घटनामा परी मकवानपुर जिल्ला मनहरीका सुनिल मगरको ज्यान गएको र ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको भरतपुर एलाइभ अस्पतालमा उपचार भैरहेको छ ।

English
MTV NEPAL MTVNEPAL


