म रातो गुलाबको घाँटी रेट्न चाहन्नँ

न म तिमीलाई मेरो सौन्दर्यले

लट्ठ पार्न तयार छु

न तिमी मलाई रातो गुलाबले

अल्मल्याउन बिवश गर

 

प्रेम सौन्दर्य र गुलाबमा मात्र

कहाँ निहित हुन्छ?

प्रेमले शुभ साईत मात्र किन पर्खन्छ?

प्रेम त अन्त्यहिन र उदार हुन्छ

न यस्ले पल ,घडी, समय कुर्छ

जब यस्को बिजारोपण हुन्छ

तब यो बिना कुनै संकेत अंकुराउन थाल्छ

 

त्यसैले ए अन्जान प्रिय!

मलाई प्रेमको लेपन लाउने बहानामा

गुलाबको गला नरेट

अनि प्रेम दिवशकै साईत नकुर

कुनै पल तिम्रो स्वच्छ आत्माले

मलाई चाह्यो भने भन

प्रिया म तिमीलाई चाहन्छु

अर्थात् माया गर्छु|

 

हो त्यो पल चाहे दुःखको होस्

या सुखको होस्

यदि तिमीले तिम्रो निस्वार्थ भावले

मलाई चाह्यौ भने

म तिमीलाई तिम्रो खाली हातमै स्वीकार्ने छु

तर तिम्रो मन/मुटुमा

मायाको साँच्चै मीठो तृष्णा

छट्पटीई रहेको हुनुपर्छ

र तिमीले भन्नु पर्छ,

माया यो खुशीको क्षण तिमीमा

समर्पित छ,

म रातो गुलाबको घाँटी रेट्न चाहन्न

तिम्रो प्राप्तीमा।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com