मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड फेरि अवरुद्ध,,यात्रुलाई सास्ती

पाँचथरको हेवा खोलामा बाढी आएपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड फेरि अवरुद्ध भएको छ । खोलामा हिजो मात्र डाइभर्सन बनाएर गाडी चलाउन थालिएको थियो । तर, हिजो बेलुकादेखि परेको आरिघोप्टे वर्षाका कारण फेरि बाढी आउँदा राजमार्ग अवरुद्ध भएको हो । गएको २ गते राति आएको बाढीका कारण हेवा खोलाको पुल बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड प्रायःअवरुद्ध छ । यसअघि पटक–पटक डाइभर्सन गरेर बाटो खुलाइए पनि खोला बढेर अवरुद्ध हुँदै आएको छ ।
यस्तै, अविरल वर्षासँगै आएको बाढीका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन् । धनकुटा र पाँचथर जोड्ने नावा खोलासँगै धनकुटाको चौबिसे गाउँपालिकामा पर्ने छरुवा र सागुरीगडी गाउँपालिकामा पर्ने रगुवा खोलामा पानीको बहाव बढेकाले तमोर करिडोर पनि अवरुद्ध भएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com