मेची अस्पतालमा भयो अचम्म, एकै पटक तीन ओटा छोरीको जन्म

डोटीको जोरायल गाउँपालिका ४ कि तारा साउदले तीन छोरीलाई जन्म दिएकी छन् । मंगलबार सेती अञ्चल अस्पतालमा शल्यक्रिया गरी तिम्ल्याहा बच्चा झिकीएको हो ।गर्भवती महिलाको डाक्टरहरु खगेन्द्र भट्ट, प्रतिक्षा सिह राठौर, नजम सुब्बा अन्सारी, नारायण पौडेल , कपिल गौतम र बालरोग विषेशज्ञ डाक्टर प्रदीप मिश्रको टीमले शल्यक्रिया गरेका थिए ।

तीन वटै बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको चिकित्सकले बताए । बच्चाहरुको नाम स्वास्थ्यकर्मीले जंगा, जमुना र सरस्वती राखिदिएको बाबु पुरन साउदले बताए । साउदकी यस अघिकी दुई वर्षकी छोरी थिइन । चिकित्सकको सल्लाहमा शल्यक्रिया गरिएको साउदले बताए ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com