मासिक २२ हजार भत्ताको माग गरी चितवनमा विद्यार्थीले आन्दोलन गरे

चितवनको रामपुरमा रहेको कृषि विश्वविद्यलयमा अध्ययनरत विद्यार्थीले इन्टनसिप भत्तामा बृद्धि गरिनुपर्ने मागका साथ आन्दोलनका कार्यक्रम गरेका छन् ।  भेटेनरी नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले शाखा अधिकृतको तलव स्केलको ७५ प्रतिशत हुन आउने रकम भत्ता स्वरूप दिनुपर्ने माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन कार्यालय, शैक्षिक प्रशासन र आर्थिक प्रशासन शाखाका तालावन्दी गरेका हुन् । विश्वविद्यालयले इन्टर्नसीप भत्ता भन्दै प्रतिविद्यार्थी प्रतिमहिना ८ हजार ५ सय रुपैयाँका दरले ६ महिनाको रकम उपलब्ध गराउँदै आएको छ । यसो हुँदा एक समेष्टरमा विश्वविद्यालयले २५ लाख ५० हजार रकम इन्टर्नसीपको लागि खर्च गरेको छ । तर, यसपटक विद्यार्थीहरुले सो भत्ता कम भएको भन्दै शाखा अधिकृतले पाउने तलवको ७५ प्रतिशत झण्डै २२ हजार भत्ता प्रतिविद्यार्थी माग गरेका छन् ।

भेटेनरी संकायको प्रत्येक सेमेष्टरमा ५० जना विद्यार्थी अध्ययनरत छन् । तिमध्ये ४० जनाले प्रत्येक सेमेष्टर होस्टल खर्चसहित भर्ना हुँदा जम्मा चार हजार पाँच सय रुपैयाँ मात्रै बुझाउँदै आएका छन् । विश्वविद्यालयमा भेटेनरीको १० सेमेष्टर चल्छ । सो अवधिमा विद्यार्थीहरूले ३२ दिन भ्रमण गर्दछन् । भ्रमणको दैनिक चारसय भत्ता अलगै विश्वविद्यालयले तिर्दै आएको छ । एक समेष्टरमा विश्वविद्यालयले बस खर्च बाहेक ६ लाख ४० हजार भत्तामा खर्च गर्दछ । नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीले थालेको आन्दोलनमा त्यसपछिका समेष्टरमा अध्ययन गर्ने विद्यार्थीले समेत साथ दिएका छन् ।

नवौं समेष्टरका विद्यार्थीहरूलाई भारतको तमिलनाडुस्थित भेटेनरी एण्ड एनिमल साइन्स विश्विद्यालयमा इन्टर्नसीपको लागि पठाउने तयारी विश्वविद्यालयले गरिरहेको बेला तालावन्दी गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

भेटेनरी नवौं समेष्टरमा अध्ययनरत विद्यार्थी प्रकाश अधिकारीले विगत ८ वर्षदेखि विश्वविद्यालयले इन्टर्नसीप भत्ता नबढाएकोले आन्दोलन गरिएको दावी गरे । ‘इन्टर्नसीपमा जाँदा खान बस्न पुग्ने पैसा विश्वविद्यालयसँग मागेको हो,’ अधिकारीले भने, ‘वीचमा नेगोसियसन गर्न सकिन्छ ।’

पढ्न आएका विद्यार्थीले तलवसरह भत्ता मागेपछि पूरा गर्न नसकिने जनाउ विश्वविद्यालय प्रशासनले दिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com