नौ बिगाहामा लगाइएको गाँजाखेती नष्ट

चितवनको विकट गाउँ लोथरस्थित ठूलो क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाखेती प्रहरीले नष्ट गरेको छ ।  चितवनको राप्ती नगरपालिकाको पहाडी इलाका लोथरस्थित बाखराङ, यौरालीटार, कालिकाटार, धनवाङलगायत क्षेत्रमा झण्डै नौ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनको विशेष सुरक्षा योजनाअनुरुप शुक्रबार र शनिबार ९३ जना प्रहरी टोली परिचालन गरी सो क्षेत्रमा लगाइएको गाँजा फाँडेर जलाइ नष्ट गरिएको आचार्यको भनाइ छ ।  जिल्लाको उत्तरी भेगमा रहेका राप्ती नगरपालिकाको विभिन्न क्षेत्रमा गाँजाखेती गरिएको भन्ने सूचनाका आधारमा हेटौँडाबाट समेत प्रहरी टोली मगाइ गाँजा नष्ट गरिएको चितवन प्रहरीले जनाएको छ । गाँजा फाँड्नका लागि जिल्ला प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय रत्ननगर र खैरहनी तथा भण्डारा र हेटौँडाबाट समेत प्रहरी टोली खटाइएको थियो ।

प्रहरीका अनुसार राप्ती नगरपालिका वडा नं १२ स्थित बाख्राङ गाउँस्थित दुई बिगाहा १० कट्ठा जग्गामा लगाइएको गाँजा नष्ट गरिएको हो ।
यस्तै सोही नगरपालिकाको वडा नं १३ कालिटारमा तीन बिगाहा १० कट्ठा, वडा नं १२ स्थित यौरालीटार र धानबाङ गाउँमा दुई बिगाहा १८ कट्ठामा लगाइएको गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सो क्षेत्रमा वर्षेनी गाँजा खेती हुने गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com