निर्वाचन खर्च विवरण पेश गर्न आयोगको निर्देशन

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको विवरण बुझाउन निर्वाचन आयोगले दलहरुका उम्मेद्वारलाई आग्रह गरेको छ ।
निर्वाचनको परिणाम प्रकाशन भएको मितिले ३५ दिनभित्र खर्च विवरण बुझाउनु पर्ने आयोगले जनाएको छ । उनीहरुले सम्बन्धीत जिल्ला निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्न सकिने छ ।

आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रनिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा९४० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४०मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था भएको हुँदा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम भएको निर्वाचनमा सहभागी भएका उम्मेदवारहरुले उल्लिखित कानूनी व्यवस्था बमोजिम निर्वाचनको सिलसिलामा आफूले गरेको निर्वाचन खर्चको विवरण निर्देशिका, २०७४ को अुनसूची ९२ बमोजिमको ढाँचामा निर्वाचनको परिणाम प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालय क्षेत्रीय निर्वाचन कार्यालयमा पेश गर्न सम्बन्धित उम्मेदवारहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com