काठमाडौं, मलेशिया पठाउन नेपाली कामदार बिगतमा ठगीमा परेका र नेपालीले अब ठेश निर्णय र कानुन सरकारले लगाउन भन्दै आज नेपाल सरकारले कति महिना बितिसके तर नेपाल र मलेशिया बिच बार्ता भईरहेकै बताईयो छ । तर सरकारले अवैध संस्था खारेजको निर्णय गरेयता नेपाली कामदार मलेसिया जानेक्रम ठप्प नै छ । मलेसिया जाने कामदारलाई अत्तिरिक्त आर्थिक भार नपर्ने तथा कामदार जाँदाको सम्प्र्ण खर्च रोजगारदाताले नै व्यहोर्ने गरी श्रम मन्त्रालय र मलेसियाको मानव संशोधन मन्त्रालयबीच पहिलो चरणमा आपसी सम्झौताकौ मस्यौता आदान प्रदान भईसकेको छ। नेपाल मेडिकल व्यवसायी सघंले नेपालका लागि मलेसियाका कार्यबाहेक राजद्त अहमद फादिलको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । कार्यबाहक राजद्तले मलेसिया जाने नेपाली कामदार ठगीमा संलग्न संस्थाको बचाउमा लागेको र कुटनीतिक मर्यादाविपरीत कार्य गरेको भन्दै सघंका अध्यक्ष रेग्मीले परराष्ट्रलाई ज्ञापनपत्र बुझाएका थिए । ३७ ओटा मेडिकल भिएलएन,जिएसजीलगायतका अवैध संस्थाले विगत ५ वर्षदेखि नेपाली कामदारबाट ५ अर्बभन्दा बढीको ठगी गरिसकेको छ । त्यस्ता सबै गैरकानुनी संस्था खारेजको निर्णय गरेका श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको आदेशका आधारमा सरकारले बताएको मुद्दा हाल अदालतमा विचाराधीन अवस्था छ । ती खारेजीमा परेका संस्थाका सञ्चालकहरुले सरकारको कारवाही गलत रहेको भन्दै अभिव्यक्ति दिन कार्यबाहक राजद्त फादिललाई उक्साएको सघंको आरोप छ ।

English
MTV NEPAL MTVNEPAL


