कलिला ज्यानमा ठुलो खतरा ।

सिन्धुपाल्चोक– वर्षाआमको बेला धेरैजसो विभिन्न देशको ठाँउमा वर्षाकै कारण निम्त्याएको पहिरोले कहाँ कहाँको जनजीवन असहज गरेको छ । सरकारले वेवास्ता गरेको ठाँउ कति छन् । यी मध्ये मानेश्वारा(सिन्धुपाल्चोक)बाह्रबिसे बडा नं ६मा पनि लगातार वर्षा परेकाले पहिरो आई सबै पुल ,सडक र बाटो पानीले बगाएका कारण उक्त गाँउका बासिन्दा र स–साना बालबालिकाहरु डन्डीको पुल बनाएर विद्यालय आउनजान बाध्य भएका छन्। देशको सरकारको भर छैन , कति दिन घरमा बस्ने,पढ्न जानका लागि बडा कठिनाईको सामाना गरिरहेका छन् । भद्रकाली माध्यमिक विद्यालयका बालबालिकाहरु आफ् लगायत सबै साथीहरुलाई फलामको मात्र भएको पुल काट्न साह्रै डरलाग्दो अनुभव व्यक्त गर्छन् । उनीहरु भन्छन् – हामी आफनो ज्यानको माया गर्दै पुल पार गर्नुपर्छ । घरमा आमाबुवा आफनो बाच्चा नआए सम्म के हुने हो भन्ने डरमा बस्ने गरेको बताउँछन् । त्यहाँका बासिन्दाहरु अहिले आफनो कलिलो ज्यानमा ठ्ला खतरा देखेर साह्रै पिरमा आफु रहेको बताँछन् ।
बाह्रबिसे नगरपालिका घुम्थाङका बडाअध्यक्ष मीनबहादुर श्रेष्ठले चाहि छिट्ठै नै पुल मर्मत गर्ने बताए । उनले उपभोक्ता समितिको विवादले काम सुचारु नभएको बताए । उनले वडाबाट पहिरे पुललाई दुई लाख बजेट छुटयाए तत्कालनै प्ररीक्षण गरी काम थाल्ने बनेका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com