नयाँदिल्ली — भारतमा भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीए ले भारी बहुमत ल्याई आफनो नयाँ किर्तिमान राख्न सफल भएको छ । गत बिहीबार बिहान ८ बजे सुरु मतगणनाको पछिल्लो परिणामअनुसार एनडीएले ३४९ सिट जित्न सफल भएको छ । पाँच वर्षअघि उसले ३३६ सिट जितेको थियो । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । ११ अप्रिलदेखि १९ मेसम्म सात चरणसम्म चलेको चुनावमा भाजपा एक्लैले ३०० भन्दा बढी सिट जित्न सफल भएको छ । विपक्षी भारतीय राष्ट्रिय नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन ९० र अन्य दलहरूले १०३ सिट जितेका छन् ।भारतमा नरेन्द्र मोदी पुनः उदाउनु स्वाभाविक हो। यद्यपि चुनावमा भारतीय जनता पार्टी ९बीजेपी० ले यति धेरै स्थानमा जित्छ भन्ने लागेको थिएन। मोदीले राष्ट्रियताका विषयलाई ‘क्यास’ गरेकाले बीजेपीले सरकार बनाउने हैसियतको परिणाम ल्याउने आंकलन चाहिँ सबैको थियो।
पछिल्लो समय दीर्घकाललाई भन्दा तत्कालको फाइदा हेर्न थालिएको छ। यही कारणले पनि भारतमा मोदीले चुनाव जिते। मोदीको दलको मेहनत र कार्यकर्ताको जुझारुपन सफलताको अर्को कडी हो। मोदीको पाँचवर्षे कार्यकालमा सरकारको नीतिमा ठूलो परिवर्तन आउने गरी काम नगरे पनि र भाषणमा भनेझैं साँच्चै माथि नलगे पनि उनले राष्ट्रियता घन्काएरै फेरि सत्ता सुरक्षित गरे। उनको शैली र हाम्रा नेतृत्वको शैली कताकति मेल खाएझंै देखिन्छ। यो क्षेत्र पनि राष्ट्रवाद र भक्तिभावमा निकै अगाडि छ। भारतको संयन्त्र काममा तल्लीन हुन्छ। विगत पाँच वर्षमा केही कामको थालनी भए पनि ठूला सपना र राष्ट्रवादको नाराले मोदी पुनः उदाएका हुन्। अनि मोदीको त्यो सपनालाई टक्कर दिने व्यक्ति त्यहाँ अभाव भयो।दिल्लीको निम्न र मध्यम वर्गमा राम्रो पकड रहेको आमआदमी पार्टी आप र कंग्रेसबीच चुनावी तालमेलका लागि लामो समय रसाकस्सी चले पनि अन्तिममा पार्टी अध्यक्ष राहुल गान्धीले चाहँदा चाहँदै पूर्वमुख्यमन्त्री शिला दीक्षितलगायतको असहमतिका कारण गठबन्धन बन्न सकेन ।

English
MTV NEPAL MTVNEPAL


