प्रहरीले बैदेशिक रोजगार विभाग परिसरबाट २९ जना विचौलियालाई पक्राउ गरेको छ ।
रोजगारीका लागी विदेशिने युवाहरुबाट श्रमको फारम भराउने नाममा अत्याधिक रकम लिने, सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाएर रकम असुल गर्ने गरेको लगायतका गुनासो आएपछि पुगेको प्रहरीले ३ महिलासहित २९ जना विचौलियालाई पक्राउ गरेको हो ।
ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा बुधबार साढे ११ बजे प्रहरीहरु सेवाग्राही बनेर पुगेपछि विचौलियाहरु प्क्राउ परेका थिए ।
विचौलियाले तानातान गरी कामको बारेमा सोध्ने र बार्गेनिङ गर्ने गरेपछि पक्राउ गरिएको हो ।

English
MTV NEPAL MTVNEPAL


