नेपाल प्रहरीका डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् ।
सहब्याची सर्वेन्द्र खनाल महानिरीक्षक (आईजीपी) भएपछि असन्तुष्ट खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् ।
खरेलले राजीनामा दिनुअघि भनेका थिए –‘म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, आज ११ बजे राजीनामा दिन्छु ।’
आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर रोकिदिएको खरेलको गुनासो छ ।
आफु मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने खरेलले बताए ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको थियो ।

English
MTV NEPAL MTVNEPAL


