मिस नेपालको ताज श्रृङ्खलालाई

काठमाडौं । मिस नेपाल २०१८ को ताज शृङखला खतिवडाले पहिरिएकी छन् । काठमाडौंमा भएको प्रतियोगितामा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल २०१८ को ताज पहिरिएकी हुन् ।

राजनैतिक पारिवारिक पृष्‍ठभुमिकी खतिवडा पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसकी विद्यार्थी समेत हुन । हेटौंटा घर भएकी २२ वर्षकी खतिवडाले ताजसहित एकलाख रुपैयाँ नगद जितेकी छन् । त्यसैगरी काठमाडौंकी २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल, प्रिया सिग्देश मिस नेपाल अर्थ, गोरखाकी मनिता देवकोटा मिस नेपाल युनिभर्स भएका छन् ।

प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ यो प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् । उनले उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् । विजेता सबैलाई ताजसहित एकलाख रुपैयाँ हस्तान्तरण गरिएको थियो । यही वर्षदेखि मिस नेपालका चार मुख्य उपाधि विजेतालाई पहिलो पटक उस्तै पुरस्कार प्रदान गरिएको हो । मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल युनिभर्सको उपाधिका विजेतालाई आकर्षक क्राउनसहित १–१ लाख रुपैयाँ प्रदान गरिएको छ ।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । उनलाई, सन् २०१७ कि ‘मिस नेपाल अर्थ’ नग्मा श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगीतामा ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देलले जितिन् । उनलाई ‘मिस नेपाल अर्थ–२०१७’की विजेता रोजिना श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस अर्थ’मा नेपालको प्रतिनिधित्व गर्नेछिन । यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् । उनलाई सन् २०१७ कि ‘मिस नेपाल इन्टरनेशनल’ नीती शाहले क्राउन लगाइदिएकी थिइन् । उनले एक लाख नगद पुरस्कार समेत जितिन् । साथै, उनले ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व समेत गर्नेछिन् ।

काठमाडौंसहित पूर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्मका युवतीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए । नेपालसँगै अमेरिका, बेलायत, अस्ट्रेलिया तथा स्पेनमा बसोबास गर्दै आएका नेपाली युवतीले पनि प्रतियोगितामा सहभागीता जनाएका थिए । प्रतिस्पर्धीहरूलाई ७ हप्ता प्रशिक्षण दिइएको थियो । ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, कोरियोग्राफर रचना शर्मा गुरुङसहित अनिल रघुवंशी, न्यायधीस सपना प्रधान मल्ल, उद्योगी भवानी राणा, प्रतिभा श्रेष्ठ, प्रचण्डमान श्रेष्ठ, सुमन शाक्य, श्रद्धा मास्के, राजश्री राणा, रचना शर्मा लगायतले प्रशिक्षण दिएका थिए ।

द हिडेन ट्रेजरले आयोजना गरेको यस बर्षको ‘मिस नेपाल २०१८’मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकको रुपमा रहेका थिए । काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल’मा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com