बढी ब्याजदरमा ऋण उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले महंगो व्याजदरमा ऋण उठाउने भएको छ । सरकारी खातामा रकम अभाव भएकोले बैंकले यस्तो गर्न लागेको हो । आज अर्थात् चैत १ गते सरकारले वित्तीय हस्तान्तरण अन्तरगत स्थानीय निकायमा जाने अनुदानको अन्तिम किस्ता ७५ अर्ब निकासा गर्दैछ ।  यस्तो अनुदान निकासापछि सरकारी खातामा १९ अर्ब रुपैयाँ मात्र रहनेछ । सरकारले बुधबारसम्म खर्च गर्न सक्ने ९४ अर्ब रहेको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।
‘स्थानीय निकायलाई अनुदान पठाउन अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई आदेश दिइसकेको छ। त्यसबाट राज्य कोषमा १९ अर्ब रुपैयाँ बाँकी रहन्छ। कोष ज्यादै न्यून भएकाले सरकारले खर्च जोह गर्न ऋण लिन लागिएको हो’, उनले भने, ‘यसका साथै चालु खर्च र परियोजनका खर्च गर्दैनन् ।’

बैंकले चैत १ देखि २१ गतेसम्म नौ प्रतिशत ब्याजमा दुई अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको छ । सम्भवत केही वर्षयताकै महँगो ब्याजमा बैंकले ‘नागरिक बचतपत्र २०७९ ख’ बिक्री खुला गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख नरहरि थापाले बताए। राष्ट्र बैंकले बजारको प्रवृत्ति हेरेर बचतपत्रको ब्याजदर निर्धारण गर्ने गर्दछ । वित्तीय बजारमा ब्याजदरका विषयमा चर्को बहस चलिरहेका बेला राष्ट्र बैंकले चर्को मूल्य चुकाएर जनतासँग ऋण लिने भएको छ। सरकारको स्रोत व्यवस्थापनका लागि राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पत्र पठाउँछ र सोहीअनुरुप राष्ट्र बैंकले यसरी विभिन्न बचतपत्रमा बिक्री गरी खर्चको जोह गरिदिने गर्दछ । आम नागरिकले बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ। वित्तीय बजार तरलता अभावमा छट्पट्टी रहेका बेला सरकारले पनि आफ्नो खर्च जोह गर्न यस्तो बचतपत्र खुला गरेको हो।,

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com