महानगरीय प्रहरी वृत्त, गौशालाका दुई जना प्रहरी तस्करीको सुन लुटेको आरोपमा पक्राउ परेका छन् । प्रहरी हवल्दार विश्वराज कुसुवा र प्रहरी जवान विष्णुबहादुर आले पक्राउ परेका हुन् ।
तस्करीको दुई वटा सुनको बाला लुटेको आरोपमा उनीहरुलाई सोमबार पक्राउ गरिएको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुले सुन लुटपाट गरेको सुराकी पाएपछि निगरानी बढाएको थियो । र, सीसी टिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
सुन मालिकको खोजी भइरहेको छ भने थप अनुसन्धान जारी रहेको बताइएको छ ।

English
MTV NEPAL MTVNEPAL


