त्यसो त उत्तर कोरियालाई सामाग्री निर्यात गर्न अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाईएको छ । तर, अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद विभिन्न सामाग्रीको निर्यातबाट उत्तर कोरियाले २० करोड डलर आम्दानी गरेको राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनमा चीन, रुस, मलेसिया लगायत अन्य मुलुकले उत्तर कोरियामा हुने गरेको गैरकानुनी निर्यात रोक्न नसकेको उल्लेख गरीएको छ । परमाणु हतियार र ब्यालेष्टिक क्षेप्यास्त्रको परिक्षण गरेको भन्दै अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपेलि युनियन इयुले प्रतिबन्ध लगाउँदै आएको छ ।
प्रतिबन्धीत सामाग्री समेत उत्तर कोरियाले निरन्तर निर्यात गरेको प्रतिवेदन राष्ट्रसंघको सुरक्षा परिषदमा बुझाएको छ । उत्तरले अधिकाशं नाम उल्लेख नभएका मल्टिनेशनल कम्पनीबाट पेट्रोलियम पर्दाथ खरिद गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । चोरी मार्गको प्रयोग गर्दै चीन, मलेसिया, दक्षिण, कोरिया, रुस र भियतनामसम्म कोईला निर्यात गरेको तथ्य प्रतिवेदनमा उल्लेख छ ।
उत्तरकोरियास्थित चीनियाँ राजदुतावासले भने आरोपको खण्डन गर्दै दुई छिमेकीबीच सामान्य व्यापार आदानप्रदान मात्र भएको प्रतिक्रिया जनाएको बीबीसीले उल्लेख गरेको छ ।

English
MTV NEPAL MTVNEPAL


