पुस १८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आफ्नो देशलाई धोका दिएको आरोप लगाउनुभएको छ ।
पछिल्लो १५ वर्षमा पाकिस्तानलाई ३३ अर्ब डलर भन्दा बढी आर्थिक सहायता दिएको तर उसले अमेरिकालाई धोका दिएको ट्रम्पले ट््वीट मार्फत आरोप लगाउनुभएको हो ।
पाकिस्तानलाई आर्थिक सहायता दिनु मुर्खतापूर्ण निर्णय रहेको ट्रम्पको भनाई छ । आर्थिक सहायताको बदलामा पाकिस्तानले धोका, झुठ र छल बाहेक केही नदिएको ट्रम्पले ट््वीटमा उल्लेख गर्नुभएको छ ।
पाकिस्तानले अफगानिस्तानका आतंकवादीलाई आश्रय दिएको ट्रम्पले आरोप समेत लगाउनुभएको छ ।
यसैबीच पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले भने अमेरिकी राष्ट्रपति ट्रम्पको ट््वीटको जवाफ चाँडै दिने बताउनुभएको छ ।
उहाले ट््वीट गर्दै आफूहरुले विश्वलाई साँचो कुरा बताइदिने तथा तथ्य र कल्पनाबीचको फरक पनि बाहिर ल्याउने उल्लेख गर्नुभएको छ ।

English
MTV NEPAL MTVNEPAL


