वीरगञ्जको ग्यास उद्योगमा लागेको आगलागीको कारण सार्वजनिक, यस्तो छ निश्कर्ष

 

वीरगञ्जको सुपर ग्यास उद्योगमा लागेको आगलागीको कारण पत्ता लगाउन गठित छानविन समितीले आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा उद्योगको व्यवस्थापनमा भएको लापरबाहीलाई प्रमुख कारणको रुपमा देखाइएको छ , सुरक्षाका आधारभूत मान्यता समेतलाई वेवास्ता गर्दा त्यत्रो दुर्घटना भएको निश्कर्ष छानविन समितिको रहेको छ ।  सरकारले उपभोक्ता हित तथा आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा गठित छानबिन समितिले स्थलगत अनुसन्धान गरेर यस्तो निचोड सार्वजनिक गरेको हो ।

पुस ५ गते उद्योगमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको थियो । आगोले जलेर करिब आठ करोड रुपैयाँको क्षति भएको थियो । उद्योगका चारवटा बुलेट, प्लान्ट, दुईवटा ट्रक, सिलिन्डरमा क्षति पुगेको थियो ।
अपरेटरको उपस्थितिबिना नै प्राविधिक ज्ञान नभएका बुलेटका ड्राइभरले ग्यास अनलोड गर्दा दुर्घटना भएको छानबिन समितिका संयोजक दाहालले बताए । ‘ग्यासजस्तो प्रज्वलनशील वस्तु अनलोड गर्दा अपरेटर पनि छैन,’ दाहालले नागरिकसँग भने, ‘उद्योग व्यवस्थापनको गम्भीर लापरबाहीले सुरक्षा नअपनाउँदा ठूलो दुर्घटना भयो ।’
ड्राइभरले स्टोरेज प्लान्टमा जाने पाइप जोडे पनि स्टोरेज ट्यांकको भल्ब नखोली बुलेटको कनेक्सन खोलेर छाडेपछि ग्यास लिकेज भएको अनुसन्धान टोलीले जनाएको छ । छानबिन टोली स्थलगत अध्ययन गरेर राजधानी फर्किएको छ ।
इन्डियन आयल कर्पोरेसन बाट ग्यास लिएर आएको बुलेटबाट ड्राइभरले सुपर ग्यासको प्लान्टमा ग्यास अनलोड गर्दा लिकेज भएर ग्यास फैलिएपछि आगो लागेको थियो

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com