नेपालमा पैतिस हजार नयाँ क्षयरोगी थपिन सक्ने क्षयरोगबाट वर्षेनी सात हजारको मृत्युहुने गरेको तथ्यांक

नेपालमा झण्डै ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्याङ्ग राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ ।

क्षयरोगबारे वकालत गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कबिहीन रहेको केन्द्रका निर्देशक डा। केदार नरसिङ्ग केसीले बताउनुभएको हो ।

उहाँका अनुसार हरेक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा बर्सेनि ५ देखि ७ हजार बिरामीको ज्यान जाने गरेको छ । नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम रहेको केन्द्रको भनाई छ ।

नेपालमा जटिल प्रकारको बहुऔषधि प्रतिरोधी क्षयरोगीको संख्या १ हजार १ सय रहेको केन्द्रको अनुमान छ । जसमध्ये ३५२ जना मात्र सम्पर्कमा आएका छन् । ६ सय भन्दा धेरै सम्पर्क मै आएका छैनन् ।

यो रोगका बिरामीको अवस्था अनुसार इन्टेन्सिफ चरण र कन्टिडियसन चरण गरि विधि अनुसार उपचार गरिने डा। आशिष श्रेष्ठले बताउनुभयो । इन्टेन्सिफ चरण अन्तर्गत नयाँ बिरामीको २ महिनासम्म र कन्टिडियसन चरणका बिरामीका लागि ४ महिनासम्म उपचार गरिन्छ । क्षयरोग फोक्सो र फोक्सो बाहेक शरीरका अन्य भागमा गरी दुई किसिमले लाग्ने गर्दछ ।

केन्द्रका अनुसार डट्स सेन्टरमा उपचारका लागि आउने सबै टिबीका रोगीहरुको उपचार निःशुल्क हुने गरेको छ भने नेपालमा ४ हजारभन्दा बढी डट्स सेन्टर रहेको छ ।

नेपालमा सर्ने रोगहरुको जोखिममा क्षयरोग पहिलो स्थानमा रहेको केन्द्रको भनाई छ । जसमा क्षयरोगीको यकिन तथ्यांक संकलन गर्न केन्द्रले राष्ट्रिय पञ्चवर्षीय रणनीतिक योजना अन्तर्गत राष्ट्रिय सर्वेक्षण सुरु गरेको छ ।

यही जनवरी १ देखि देशभरका ९९ वटा क्लस्टरमा सुरु गरिएको सर्वेक्षणको नतिजा सन् २०१९ को अन्त्यसम्म आउने केन्द्रका निर्देशक केसीले जानकारी दिनुभयो ।

सर्वेक्षणले नेपालमा रहेका क्षयरोगीको यकिन तथ्यांक पत्ता लाग्नुका साथै दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३५ सम्ममा नेपालबाट क्षयरोगको निवारणका लागि मार्ग निर्देशन गर्न महत्वपूर्ण भूमिका खेल्ने केन्द्रका निर्देशक केसीले बताउनुभयो ।

यसका लागि देशभरबाट खकारको नमुना संकलन गरी रोगको परीक्षण गर्ने, जनचेतना अभिबृद्धी गर्ने, स्थानीय तहसँग समन्वय गर्ने र आम नागरिकले बुझ्ने गरी क्षयरोगको प्रचारात्मक अभियान सञ्चालन गर्ने नीति लिइएको केन्द्रले जनाएको छ ।

विश्वमा सबैभन्दा धेरै क्षयरोग लागेका मानिस चीन र दोस्रोमा भारत भएकाले नेपाल यी दुई देशको छिमेकी भएकाले पनि क्षयरोग संक्रमणको उच्च जोखिममा रहेको केन्द्रको दाबी छ ।

राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगको अत्याधुनिक उपचार विधि ‘छोटो अवधि उपचार विधि’ ९एसटिआर० समेत सुरु गरेको छ । बहुऔषधि प्रतिरोधी उपचार विधि अपनाउँदै आएको केन्द्रले पहिलो चरण चार महिना र दोस्रो चरण पाँच महिनाको उपचार सुरु गरेको हो । डा। केसीले पहिलो चरणमा सुईसहित ६ प्रकारका औषधि र दोस्रो चरणमा चार प्रकारका औषधि प्रयोग गरिने बताउदै यो विधि अहिलेलाई फोक्सोका क्षयरोगीलाई मात्र उपयोग गरिने छ ।

केन्द्रले नौमहिने छोटो अवधि उपचार विधि अहिलेलाई देशका काठमाडौं, विराटनगर, बुटवल र नेपालगञ्जबाट सुरु गर्न लागेको छ । साविकमा क्षयरोगीलाई बहुऔषधि प्रतिरोधी उपचार विधि अपनाउँदै आएकामा धेरै औषधिको मिश्रण गरेर २० देखि २४ महिनासम्म उपचार गर्नुपर्दा औषधिको नकारात्मक प्रभाव, औषधिले उत्पन्न गर्ने विषाक्तता, बिरामीलाई उपचार केन्द्रसम्म आवतजावत गर्दा पर्न आउने कठिनाइसमेतलाई ध्यानमा राखेर एसटिआर विधि उपयोगमा ल्याइएको डा। केसीको भनाई छ । यो विधि अपनाउने नेपाल विश्वको ३५ औँ देश हो । क्षयरोगलाई विश्वबाट सन् २०५० सम्ममा उन्मुलन गर्ने विभिन्न निकाएको तयारीमा सबै निकायले साथ दिनुपर्ने देखिन्छ ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com