परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’ मेशिन थप नभएकाले समय लागेको

ललितपुर ।

यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन् । पहिले वाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकामा अरु अञ्चल कार्यालयबाट समेत सेवा शुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो । विभागको अहिलेको क्षमताअनुसार सेवाग्राहीले परीक्षा पास गरेको छ महिना पछि कार्ड पाउन सक्छन् । विभागले छापेको कार्ड अञ्चल कार्यालयले वितरण गर्दै आएका छन् । अरु अञ्चल कार्यालयमा गत असारबाट सेवा शुरु भएको थियो । पहिले वाग्मती अञ्चल कार्यालयमा मात्रै स्मार्ट कार्डको वितरण हुँदा सेवाग्राहीले राजस्व तिरेको एक÷डेढ महिनामा चालक अनुमतिपत्र पाउने गर्दथे । १४ वटै अञ्चल कार्यालयले स्मार्ट अनुमतिपत्र शुरु भएपछि सेवाग्राहीले कार्ड हातमा लिन लामो समय कुर्नु परेको हो । उहाँले भन्नुभयो, “सेवा अन्यत्रबाट पनि शुरु भयो तर मेशिन थप नभएकाले समय लागेको हो ।”

परीक्षा पास भएको लामो समयसम्म पनि कार्ड नपाएका दैनिकजसो कार्यालयमा गुनासो गर्न आइपुग्ने प्रमुख यादव बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कार्ड प्रक्रियामा रहेका झण्डै डेढ लाखमध्ये ४÷५ सय जना दैनिक मेरो कार्ड बन्यो कि बनेन भनेर सोध्न आइपुग्नुहुन्छ ।” परीक्षामा उत्तीर्ण झण्डै ६०० र नवीकरणका लागि झण्डै ३०० गरेर झण्डै ९०० जना सेवाग्राही दैनिक आउने गरेका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com