निर्मलाको परिवारलाई रक्षामन्त्रीले दिए यस्तो आशवसन ।

काठमाडौँ, १३ वर्षको कलिलो उमेरकी निर्मला पन्तको दर्दनाक तरिकाले हत्या गरेको सबैलाई थाहा नै छ । निर्मलाको हत्या भएको ५२ दिन बितिसक्दा पनि कहि पनि हत्याराको पत्ता लगेको छैन । निर्मलाका परिवार न्यायकोे लागि जताततै हिडिँ रहेका छन् । गत शनिवार निर्मलाको पक्षमा देशको विभिन्न ठाँउमा प्रदर्शन गरिएको थियो । आजसम्म पनि सरकारले वास्तविक अपराधीको पत्ता लगाउन नसकेको र नक्कली अभियुक्त देखाई भुलाउन खोजेको विरोधमा गत शनिबार देश भरी प्रदर्शन भएको हो । प्रदर्शनमा हजारौ सर्वसाधारणको उपस्थिित थिए । काठमाडौँ माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा कञ्चनपुरबाट आएका लेखक, कलाकार ,चिकित्सक, साहित्कार ,विद्यार्थी लगायत सर्वसाधारणको सहभागिता थियो ।
यसै बिच निर्मलाको हत्यारालाई उम्कन दिन्न र निर्मलाको परिवारले न्याय दिलाँउछु भनी आफनो आशवसन रक्षा मन्त्री तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । उपप्रधानमन्त्रीले पोखरेलले पछिल्लो समयमा बढिरहेको बलात्कारका घटना बारे पनि साह्रै चिन्तित रहेको बताएका छन् । उपप्रधानमन्त्रीले पोखरेलले निर्मला घटनालाई बडा गम्बीर रुपमा लिएको बताएका छन् र चाँढो नै यो घटनाको वास्तविकता सबैको अगाडि ल्याउने बताएका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com