काठमाडौँ, सरकार र व्यावसायीबीच अनयोलमा परेको दसैँको बुकिङ अब असोज ५ गते देखि टिकट बुकिङ खुल्ने सहमति भएको छ । सरकारले रोक्का गरेको यतायात व्यावसायीको खाता खोल्ने भएपछि बुकिङ शुरु गरिने भएको हो । दसैँको टिकट सर्वसाधारणलाई सहज तरिकाले उपलब्ध गराउन विभाग र व्यावसायीहरुको निर्देशक गराईएको पाईन्छ । नेपालीको बडा पर्व दसैँमा काठमाडौँबाट लगबग ३० लाख यात्रु बाहिरिने विभागले अनुमान गरेको छ । जसमा व्यावसायीले करिब साढे तीन लाख सार्वजनिक बस, माइक्रो सुमो आदि सवारी सञ्चालनमा रहेको बताएको छ । टिकट बुकिङ सुरु गरिने सहमति भएता पनि यो साल पनि कुनै सवारी नबढाउने व्यावसायीले जानकारी गराएको छ । व्यावसायीले भाडा दरको चाहि सरकारलाई नै जिम्मा लगाएको यातायात व्यावसायी सरोज सिटौलाको भनाई छ ।

English
MTV NEPAL MTVNEPAL


