नवलपरासी, गैंडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८प १२४६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना४१प २६७५ नं को स्कुटर एकापसमा ठोक्किँदा दुर्घटना भएको खबर जानकारीमा आएको हो । । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गएराति दुर्घटना भएको छ । दुर्घटनामा परी ना४१प २६७५ नं को स्कुटर चालक चितवन गुञ्जनगर–४ का २६ वर्षीया अनिसा रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते रानाको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

English
MTV NEPAL MTVNEPAL


