नागरिक लगानी कोषमा संकलित रकम एक खर्ब भन्दा बढि पुगेकोे छ । नागरिक लगानी कोषको २८ औं वर्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा कोषमा संचित रकम एक खर्व नागेको जानकारी दिएको हो । आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम १ खर्व एक अर्व ४६ करोड ७७ लाख रुपैया पुगेको छ । लगानी कोषमा हालसम्म देशभरका ६० हजार कार्यालय सहभागि बन्दै रकम सन्चय गर्ने गरेका छन् । कोषले कर्मचारी बचत बृद्धि अवकाष कोष,उत्पदान कोष, निजामति बीमा कोष, सैनिक बीमा कोष लगायत दशवाट बिभिन्न योजना सञ्चालन गर्दै आएको छ ।

English
MTV NEPAL MTVNEPAL


