प्योङयाङ, पुस १७ । अन्तर्राष्ट्रिय मुलुकहरुले नयाँ वर्षको स्वागत गरिरहँदा उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकालाई चेतावनी दिएका छन् ।
उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा रहेको प्रष्ट पार्दै सबै क्षेप्यास्त्रको ‘स्वीच’ आफ्नै टेबलमा रहेको बताएका छन् । उनले जतिबेला पनि ती क्षेप्यास्त्र प्रयोग गर्न सक्ने जनाएका छन् ।
उनले आफ्नो मुलुक ठूलो परमाणुृ शक्ति बनेर स्थापित हुने दावी गर्दै अमेरिकाले कहिल्यै पनि उत्तर कोरियाविरुद्ध युद्ध गर्न नसक्ने बताए ।
सन् २०१७ मा उत्तर कोरियाले अनेक क्षेप्यास्त्र परीक्षण गरेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उसले निरन्तर परमाणु कार्यक्रमलाई अघि बढाइरहेको छ ।

English
MTV NEPAL MTVNEPAL


