पुस १७ – ल्याटिन अमेरिकी देश कोस्टारिकामा विमान दुर्घटना हुँदा १० अमेरिकी पर्यटक सहित १२ जनाको ज्यान गएको छ ।
यस्तै कोस्टारिकन पाइलट र को–पाइलटको पनि ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँचजना एकै परिवारका रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
दुर्घटनामा विमानमा रहेका सबैको ज्यान गएको हो । यद्यपि विमान दुर्घटना हुनुको कारण खुलेको छैन । विमान गुआनाकास्ते प्रान्तको बेखुको पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो ।

English
MTV NEPAL MTVNEPAL


