कार्तिक १० गते ललितपुर महानगरपालिकाले सेवा करारमा नगरप्रहरी पदपुर्ति सम्बन्धि एउटा सुचना निकाल्यो । जसमा खुला,महिला,आ.ज.,दलित,थारु,मधेसी,पि.क्षे गरि ५० जना नगरप्रहरीको माग थियो । सुचनामा उक्त दरखास्तको लागि आवेदन दिनका लागि १५ दिनको म्याद तोकिएको थियो । १५ दिनमै दिनमै सुचनामा तोकिएको योग्यता पुगेको हजारौं युवाले आवेदन दिए । आवेदन दिने त्यो भिंडमा मालारानी,अर्घाखाँचीका प्रकाश राउत पनि थिए । दुरीका हिसाबले ललितपुरबाट टाढा रहेको अर्घाखाँचीका राउतलाई पटकपटक आउजाउ गर्न शुलभ पक्कै थिएन । किनकी न उनको काठमाडौं, ललितपुर आसपास आफन्त थिए न त उनको डेरा नै । बेरोजगारीले थलिएपछि के गर्नु ? असहजता आउँछन् भन्ने थाँहा हुँदा हुँदै पनि नगरप्रहरी जागिर पाए त घरपरिवार सबैलाई अलिकति पनि सहयोग त हुन्थ्यो भन्ने आशा थियो । त्यसैले उनले पनि महानगरपालिकाले निकालेको सुचनामा उल्लेख गरिए अनुसार आवेदन दिए । आवेदन दिन ५०० रुपैंयाँ शुल्क तोकिएको थियो । समुह थपेर आवेदन दिन चाहानेले १०० रुपैंयाका दरले थपेर आवेदन दिनुपथ्र्यो । उनले सोहि अनुसार आवेदन दिए , उनको रोल नं थियो ५०४ …
नगरप्रहरी छनोटको पहिलो चरणमा शारिरिक तथा स्वास्थ्य परिक्षण थियो । स्वास्थ्य परिक्षणका लागि मंसिर २७ र २८ गतेको मिति तोकिएको थियो । उनि अर्घाखाँचीबाट परिक्षणका लागि केहि दिन अगाडिनै आए । आएर होटलमा बसे । स्वास्थ्य परिक्षणमा शहभागि भएर गाँउ फर्किए ।
स्वास्थ्य परिक्षणको नतिजा पुस १ गते आयो । उनको नाम निस्कियो । लिखित परिक्षा पौष ७ गते हुने भयो । उनि अर्घाखाँचीदेखि ५ गते बाटो लागे लिखित परिक्षा दिन । यो भन्दा पहिले पनि नगरप्रहरीका लागि उनले धेरै ठाउँमा आवेदन दिएकाले पनि उनलाई परिक्षाको अनुभव थियो । यसपटक त जसरी नि नाम निकाल्छु भन्ने सोचेर राम्रो तयारी गरेर आएका थिए । परिक्षामा ढुक्कले शहभागी भए । आफुले सकेजति राम्रोसंग परिक्षा दिए । यो द्धितिय चरण थियो । १०० पुर्णाङकको परिक्षामा उतिर्णाङक ४० थियो । परिक्षा पनि सोचे जस्तै भएकोले कम्तिमा पनि ८० अंक कट्नेमा उनि ढुक्क थिए । त्यसैले फेरि अरु चरणका लागि आउजाउ गर्नुपर्ने त्यसैमाथि नतिजा पनि ५÷६ दिनमा आउने भएपछि यतै होटलमै बसे । त्यहाँसम्म ठिकै थियो तर जब पुस ११ गते लिखितको नतिजा आयो तब उनि छाँगाबाट खसे झैं भएका छन् । नगरप्रहरी बन्नकै लागि राजधानिमा बस्दा होटल खर्च ,यताउता आउजाउ गर्दा ६०÷७० हजार खर्च भईसक्यो । त्यति राम्रो तयारी गरेर परिक्षा दिँदा पनि नाम निस्केन ।
उनलाई नतिजाले चित्तै बुझेको छैन । एकपटक भएपनि उत्तरपुस्तिका हेर्न पाए पनि मन बुझ्ने थियो । त्यहि सोचेर उत्तरपुस्तिका पुनः परक्षणका लागि आवेदन दिन उनि ललितपर महानगरपालिका पुगेका छन् । “परक्षा एकदमै राम्रो भएको थियो ,पहिला पनि अरु नगरपालिकामा पनि नगरप्रहरीको लागि आवेदन दिएको हो छनोट हुन सकेन ,त्यस्तो चित्त दुखेको थिएन । यसपटक त नाम निकाल्छु नै भनेर तयारी गरेको थिए ७०÷८० त जसरी आउँछ सोच्याँथें । के गर्नु यस्तो भयो । एकैचोटी भएपनि परिक्षा पेपर हर्न मन छ ।”
अब महानगरले के प्रतिक्रिया दिन्छ । निवेदन हेरेर प्रक्रिया अघि बढ्छ ÷बढ्दैन टुंगो छैन तर काभ्रेका मनोज त्रिपाठी पनि आफ्नो उत्तरपुस्तिका एकपटक पुनःजाँच गराई पाउँ भन्दै निवेदन दिन महानगर कार्यालय पुगेका छन् । पहिलो चरणमा १ नम्बरमा नाम निकालेका त्रिपाठी ,लिखितमा पनि अत्यन्तै राम्रो तयारी गरेकोले नाम निस्किनेको ढुक्क थिए । “त्यस्तो नभईदेको भए हामी यसरी आँउदैआउँदैन थ्यौं । कहिले गाडी ,कहिले पठाओ गर्दा गर्दै १५÷२० हजार खर्च भईसक्यो ,हामी मात्र होईन हामी जस्ता धेरै साथी छौं जो माथि यसरी अन्याँय भएको छ । ” निवेदनका लागि तिरेको रसिद देखाउँदै उनले भने “ठिक छ नाम ननिस्केपनि तर एकपटक हामीलाई हाम्रो उत्तरपुस्तिका देखाईनुपर्छ । कमसेकम हाम्रो गल्ति कहाँ भयो भनेर त चित्त बुझाउँला… ।”
यसरी स्थानियलाई मात्रै प्राथामिकता दिने भए सार्वजनिक रुपमा सुचना निकालेर युवाहरु झुक्याउने काम गर्न नहुने उनिहरुको भनाँई छ । “कि त सुचनामै स्पष्ट रुपमा उल्लेख गर्नुपथ्यो , हामीले यसरी किन दुख पाउँथ्यौं ? ”
त्यसोभए लेनदेनकै कारण यस्तो अवस्था आएको हो त भन्ने हाम्रो प्रश्नमा त्रिपाठीले भने “हुन सक्छ …प्रमाण बिना त बोल्नु हुँदैन …तर यसरी अस्पष्ट आवेदन खुलाएर पैसा बटुलेर प्रक्रिया नै राम्रोसंग पुरा नर्गदा , लेनदेन पनि हुन सक्छ । तर ठिक छ जे भए पनि हाम्रो माग भनेको एकपटक पुनः हाम्रो उत्तरपुस्तिका हेरियोस् भन्ने हो ..। ”

English
MTV NEPAL MTVNEPAL


