नगरप्रमुखमाथि गोली प्रहारको आशंकामा तीन जना पक्राउ,घाईतेलाई काठमाडौ ल्याउने तयारी

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि माथि गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

कैलाली प्रहरीले सुखड क्षेत्रवाट नेकपा माओवादी बिप्लव समुहका तीन जनालाई पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भइरहेकोले अहिले नै पक्राउ परेका ब्यक्तिहरुको नाम भने सार्वजनिक गरीएको छैन ।

गत फागुन २४ गते भएको घटनामा विप्लब समुहका नेताले सामाजिक संजाल मार्फत एमालेले कारवाही नगरे जनकारवाही गर्ने धम्की दिएका थिए ।

सोमबार राति करिब सवा ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दाँया हातमा खुकुरीको चोट लागेको छ ।
चौधरीलाई उपचारका लागि राति नै नेपालगंज मेडिकल कलेज लगिएको थियो । यद्यपि अहिले चौधरीलाई थप उपचारका लागि काठमाण्डौ ल्याउने तयारी भईरहेको छ ।
घटना स्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाईकल बरामद गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com