दक्षिण कोरियामा उत्तर कोरियाली महिलालाई भ्रमण खुला

सोल, माघ ५ । उत्तर कोरियाली महिला अधिकारीलाई चार वर्षपछि दक्षिण कोरियाको भ्रमण खुला गरिएको छ ।
केही उत्तर कोरियाली महिलाले शनिबार दक्षिण कोरिया जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् ।

उनीहरु उत्तर कोरियाको संगीतसम्बन्धी ब्यान्डका अधिकारीहरु हुन् । फेब्रुअरीमा हुन लागेको सो खेलकुदमा उत्तर कोरियाका तर्फबाट सांगीतिक प्रस्तुति दिनका लागि उनीहरु त्यहाँ जान लागेका बताइएको छ ।
प्रस्तुतिको लागि उनीहरुले उत्तर कोरियामा नै लामो समयदेखि तयारी गरिरहेका थिए ।

चार वर्षपहिला उत्तर कोरियाले कुनैपनि महिला अधिकारीले उत्तर कोरिया सरकारको अनुमतिबिना दक्षिण कोरियाको भ्रमणमा जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकुद अधिकारीहरु पठाउने जानकारी यसअघि नै दिइसकेको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com