२ किलो लागू औषध कोकेनसहित २ जना विदेशी नागरिक पक्राउ बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको

करिव २ किलो लागू औषध कोकेनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन् ।  नेपाल प्रहरीले १ किलो ९ सय ५८ ग्राम कोकिनसहित बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निज दुवैले सो परिणामको कोकिन एक आपसमा लेनदेन गर्न लागिएको अवस्थामा काठमाडौंको ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै व्यूरो प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले बरामद लागू औषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको पनि जानकारी दिए । पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com